गृहपृष्ठ मोदी भ्रमणभर पानी पर्ने : मौसम पूर्वानुमान महाशाखा
मोदी भ्रमणभर पानी पर्ने : मौसम पूर्वानुमान महाशाखा
काठमाडौं
जल तथा मौसम पूर्वानुमान महाशाखाले भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको मौसमी पूर्वानुमान गरेको छ । उसले दुबै दिन मौसममा फेरबदल हुनसक्ने प्रक्षेपण गरेको छ ।
शुक्रबार विहाने महाशाखाले विशेष सूचना जारी गरी मौसममा हुने फेरबदलको विषयमा जानकारी गराएको छ । महाशाखाले भारती प्रधानमन्त्रीको भ्रमण तथा बाटोको क्षेत्रमा मौसमी अवस्था कस्तो हुने भन्ने जानकारी गराएको हो । जनकपुर, मुस्ताङ, पोखरा र काठमाडौंको चारदिने मौसमी सूचना सार्वजनिक गर्दै महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । मुस्ताङमा भने हिमपात यथावत रहने अनुमान छ । मुस्ताङमा केही दिनदेखि बेमौसमी हिमपात भइरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तराष्टिष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहअनुसार महाशाखाले मौसमी सूचना सार्वजनिक गरेको हो ।
महाशाखाले मनसुन शुरु हुने तथा खास मौसमी अवस्थामा छुट्टै मौसमी सूचना निकाल्ने गरेको छ । यसअघि गत मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अवधिमा पनि विशेष मौसमी सूचना निकालिएको थियो ।
नेपालमा अहिले प्री मनसुनको समय भएकाले कही वर्षा हुने त कही घाम लाग्ने हुने गर्दछ । मौसम पूर्वानुमान महाशाकाकी मौसमविद् शान्ति कँडेका अनुसार मनसुन शुरुहुनुभन्दा अगाडीको मौसमी पूर्वानुमान कठीन हुने गर्दछ ।
यस्तो महाशाखाले जारी गरेको मौसमी पूर्वानुमानको सूचना

प्रकाशित समय ०८:१९ बजे

















