गृहपृष्ठ सांसद बडू भन्छन्- नीति तथा कार्यक्रम संघीयताविपरीत
सांसद बडू भन्छन्- नीति तथा कार्यक्रम संघीयताविपरीत
काठमाडौं– प्रतिपक्ष दल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नीति तथा कार्यक्रमले अप्रांसगिक कुरा उठाएको आरोप लगाएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै नेता बडूले नीति तथा कार्यक्रमले संघीयतालाई बिर्सिएको आरोप लगाएका हुन् । ‘संघीयतालाई बलियो बनाउने विषयमा कुनै कुरा नसमेटिनुले नीति तथा कार्यक्रम संघीयताविपरीत देखिएको छ,’ उनले भने, ‘मुलुकमा राजनीतिक परिवर्तन आएको भन्ने नै सरकारले बिर्सिएको छ ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रम केन्द्रिकृत रहेको उनको प्रस्टोक्ति छ । ‘चीनबाट पनि काठमाडौंमा रेल ल्याउने र भारतबाट पनि काठमाडौंमा रेल जोड्ने कुराले स्पष्ट पारेको छ कि यो नीति तथा कार्यक्रम केन्द्रीकृत छ,’ सांसद बडूले भने, ‘नीति तथा कार्यक्रमले कर्णाली र प्रदेश ७ मा कस्तो कार्यक्रम गर्ने भन्ने विषयमा कुनै कुरा स्पष्ट पार्न सकेको छैन ।’
नीति तथा कार्यक्रममा नीति तथा कार्यक्रम नै कहाँ–कहाँ छ भनेर खोज्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘पाँच वर्षको लागि आएको नीति तथा कार्यक्रममा समेटिएका कुराबाट हामीले आगामी वर्षको नीति तथा कार्यक्रम खोज्नुपर्ने अवस्था छ,’ सांसद बडूले भने ।
प्रकाशित समय १२:३२ बजे
















