गृहपृष्ठ अपराह्नसम्म २४ प्रतिशत मत खस्यो, मतदान जारी

अपराह्नसम्म २४ प्रतिशत मत खस्यो, मतदान जारी

तीनै तहका ५२ पदका लागि शनिबार बिहानदेखि भइरहेको उपनिर्वाचनमा अपरान्हसम्म २४ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतदान जारी रहेकाे जानकारी दिए।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका रिक्त ५२ पदका लागि ३७ जिल्लाका विभिन्न स्थानमा उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि जारी मतदान बेलुका ५ बजेसम्म चल्नेछ।

केही सामान्य घटनाबाहेक मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको छ । अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीसमेत मतदानमा सहभागी भइरहेका छन् ।

उपनिर्वाचनका लागि ५ हजार २ सय ५२ कर्मचारी खटिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित समय १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु