गृहपृष्ठ नेकपाको सचिवालय बैठक शनिबारका लागि तय
नेकपाको सचिवालय बैठक शनिबारका लागि तय
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी भदौ १३ गते बस्ने तय भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको छलफलपछि सचिवालय बैठक बोलाउने तय भएको हो ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार कार्यदलको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच झण्डै दुई घण्टा छलफलपछि सचिवालय बैठकको मिति निर्धारण गरिएको हो ।
ओली-प्रचण्डले पार्टीको आन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्व ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहित १७ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा ओली सरकार सञ्चालनमा केन्द्रित हुने र प्रचण्डले पार्टी सञ्चालन गर्ने तथा सरकारलाई थप प्रभावकारी बनाउन केन्द्र तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्नसमेत सुझाव दिइएको छ । एकता महाधिवेशन, पार्टी एकतालाई पूर्णता तथा विधानअनुसार पार्टी चलाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित समय १४:२१ बजे
















