गृहपृष्ठ प्रचण्डले भने- दोरम्बा हत्याकाण्ड दरबारको योजनामा

प्रचण्डले भने- दोरम्बा हत्याकाण्ड दरबारको योजनामा

doramba-newskarobar दाेरम्बामा सहिद परिवारसँग फाेटाे खिचाउँदै प्रचण्ड । तस्बिर : न्युज काराेबार

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोरम्बा हत्याकाण्डमा तत्कालीन दरबारको योजना र निर्देशन रहेको बताएका छन् । १५ औं दोरम्बा हत्याकाण्ड स्मृती दिवसको उद्घाटन गर्न रामेछाप पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।

२०६६ साउन ३२ गते सरकार र विद्रोही पक्षबीच शान्ति र्वाता चल्दै गर्दा तत्कालीन माओवादीका जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २१ जना जिल्ला स्तरीय नेताहरुको नेपाली सेनाले सामूहिक हत्या भएको थियो ।

doramba2-newskarobar

कार्यक्रमा प्रचण्डले दोरम्बा हत्यकाण्डमा मारिएकाहरुको परिवारका सदस्यलाई सम्मान गरेका थिए । उनले सामूहिक हत्या गरिएको स्थल डाँडाकटेरीमा रहेको सहिद स्मारकमा माल्यार्पण गर्दै कार्यक्रलाई सम्बोधन गरेका थिए । दोरम्बाले जनयुद्धमा ठूलो बलिदानी गरेको उल्लेख गर्दै प्रचण्डले सहिदहरुको सम्मानका लागि दोरम्बालाई युद्ध पर्याटनको रुपमा विकास गर्न आफुले सकेको सहयोग गर्ने बताए ।

ऐतिहासिक बेथानबाट दोरम्बा हुँदै सैलुङसम्म पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजान विशेष पहल गर्ने बताउदै उनले त्यसमा पार्टी र सरकारले पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु