गृहपृष्ठ सञ्चारमन्त्री बाँस्कोटलाई नै जहाजले जिल्यायो

सञ्चारमन्त्री बाँस्कोटलाई नै जहाजले जिल्यायो

Minister Baskota_NewsKarobar

प्यूठानको गौमुखीमा आयोजना गरिएको मिडिया सम्मेलनमा भाग लिएर आउँदै गर्दा नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बुद्ध एयरले धोका दिएको छ । प्यूठानबाट अर्घाखाँचीको बाटो हुँदै बुटवल आएका मन्त्री बाँस्कोटालाई बुद्ध एयरले सोमबार साँझ दुई पटकसम्म एयरपोर्टबाट फकाईदिएको हो ।

मंगलबार रुपन्देहीको तिलोत्तमा मणिम्राममा आयोजीत सञ्चारकर्मीहरु संगको भेटघाटमा मन्त्री बाँस्कोटाले बुद्ध एयरले आफूलगायत कयौ यात्रुहरूको अपमान गरेको आरोप लगाए । उनले भने– ‘म मात्रै होइन, अन्य कतिपय यात्रुहरू पनि अलपत्र पर्नुभयो, यस विषयमा पनि समाचार लेख्नुहोस् ।’

सोमबार साँझ ५ बजे को अन्तिम फ्लाईटमा काठमाडौं जाने योजना बनाएका मन्त्री बाँस्कोटाले दिउँसोदेखि नै तयारी गरेका थिए । तर सुरुमा काठमाडौंबाट जहाज नै नआएको भन्दै अलमलमा परेका थिए । पछि ‘जहाज आयो रे’ भनेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गएका उनी केही घण्टा कुरेर जहान नआउने निश्चित भयो भन्ने खबर पाएपछि पुनः फर्केर मणिग्राममा आएर बसेका थिए ।

पुनः काठमाडौंबाट जहाज रुपन्देहीको लागि उडेको खबर पाएपछि मन्त्री बाँस्कोटा गौतम बुद्ध विमानस्थलको बाटो लागेका थिए । तर विमानस्थलमा आएको अएरले मन्त्री बाँस्कोटालाई नै नकुरीकन फर्कीर गएपछि मन्त्री बास्कोटाले मंगलबार पत्रकार सम्मेलनमा उक्त गुनासो पोखेका हुन ।

बुद्ध एयरको भैरहवा शाखाका सिनियर अफिसर डिपी मगरका अनुसार पहिला मौसम माखराबीको कारण काठमाडौंबाट यति अएरले उडान रद्ध गरे पनि बुद्धले उडान रद्ध गरेको थिएन् । साँझको उडान भएको कारण मौसम खराब हुन सक्ने र १० बजेपश्चात काठमाडांै विमानस्थल मर्मत संम्भारको लागि बन्द हुने भएपछि छिटो छिटो उडान गर्दा मन्त्री छुटेको उनले बताए ।
उनका अनुसार काठमाडाैंबाट ७ः ३२ मिनेटमा उडेको बुद्ध एयर भैरहवा विमानस्थालमा अवतरण गरेको थियो । तर विमानस्थलमा कायारत सुरक्षाकर्मीले मन्त्री नजाने निश्चत भएको भन्दै बुद्ध एयरमा खबर गरेका थिए । सोही कारणले गर्दा मन्त्री होटलमा आएर बसेका थिए ।

पछि पुनः सहायक प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्री जाने भन्ने खबर उक्त वायुसेवा कम्पनीले पाए पनि काठमाडौंबाट बढीमा ८ बजेभन्दा पछि जहाज नउडाउनु, मौसम खबर छ, एयरपोर्ट १० बजे बन्द हुन्छ भनेर खबर आएको र ८ बजेसम्म मन्त्री कुर्दा पनि नआएको कारण मन्त्री जहाजमा छुटेको बुद्ध एयरका सिनियर अफिसर डिपी मगरले जानकारी दिए ।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु