गृहपृष्ठ बसन्ता करिडोरमा करेन्ट लागेर हात्तीको मृत्यु

बसन्ता करिडोरमा करेन्ट लागेर हात्तीको मृत्यु

dead elephant -newskarobar फाइल तस्बिर ।

कैलालीको बसन्ता कोरिडोरमा ओहोर–दोहोर गर्ने क्रममा एउटा जंगली हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । भारतको दुघुवा नेशनल पार्कबाट आएको हात्तीको करेन्ट लागेर मृत्यु भएको हो ।

राति विद्युतको तारमा परेर मरेको हात्तीलाई विहानै स्थानीयले फेला पारेका हुन् । केहि दिन अगाडिमात्रै आएका हात्तीको समूहले कैलारी गाउँपालिकामा केहि घर भत्काएको थियो ।

कैलारी गाउँपालिकाको वडा नम्बर ७ र ५ लाई जङ्गली जनावरको जैविक मार्गको रुपमा चिनिन्छ । सो क्षेत्रमा वन्यजन्तुले जनधनको क्षति गर्ने गरेका छन् ।

बसन्ता कोरिडोर र दुधुवा नेशनल पार्क नजिक पर्ने गाउँबस्तीहरुमा हरेक वर्ष जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएका छन् ।

प्रकाशित समय १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु