गृहपृष्ठ ताजा खबर
बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन सुरु गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’...
द्वन्द्वग्रस्त मुलुक यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ । संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले शुक्रबार सार्वजनिक गरेका विवरणअनुसार उनीहरु पाँच वर्षभन्दा कम उमेरका बालबालिकामात्रै हुन् । लामो समयदेखिको द्वन्द्वका कारण अतिगरिब मुलुकमा पर्न गएको यमनमा...
नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ । उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ । नगरपालिकालाई कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गरिनेछ । नगर...
नेपाली नागरिकले सहज रूपमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ । महिला, कानुन र विकास मञ्चले आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको सामाजिक परीक्षणका अवसरमा काठमाडौँ महानगरपालिका- ११ का...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरुबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो । प्रधानमन्त्री...
नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.१ प्रतिशत अर्थात् ९ करोड ९३ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन...
वीरगन्ज महानगरपालिका- २५, सिर्सिया बस्ने रामा साह भन्ने २४ वर्षीय उपेन्द्र साहलाई १ थान कटुवा पेस्तोलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बीआर ५ ए एफ ४६४७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच...
नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेको छ । घटनाको अनुसन्धानलाई तीव्र बनाएर दोषीलाई तत्काल पक्राउ गर्न आग्रह गरिएको प्रवक्ता विश्व प्रकास शर्माले बताए । बलात्कार र हत्याका हरेक घटनामा राज्यको...
क्युबाले यसपटक एउटा आधारभूत संरचना परिवर्तन गर्न खोज्दैछ, दशकौंसम्मको कडा, केन्द्रीकृत नियन्त्रणपछि क्युबाको वामपन्थी सरकारले आफ्नो अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रका लागि खुला गर्न लागेको छ । आर्थिक गिरावट र बढ्दो बेरोजगारीको सामना गरिरहेको क्युबाले अघि सारेको आर्थिक उदारीकरण उपायहरुले...











