गृहपृष्ठ ताजा खबर

गोरुको मासुसहित ४ जना पक्राउ
गोरुको मासुसहित ४ जना पक्राउ

गोरु काटेको अभियोगमा रोल्पा नगरपालिका- ६, धर्मशाला बस्ने ३७ वर्षीय आइतबहादुर परियारसमेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सल्लाघारी जंगलमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पा र प्रहरी चौकी कोटगाँउबाट खटिएको...

४ हजार पीसीआर गर्दा १२७ जनामा कोरोना पुष्टि, १३६ जना डिस्चार्ज
४ हजार पीसीआर गर्दा १२७ जनामा कोरोना पुष्टि, १३६ जना डिस्चार्ज

नेपालमा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजारमा पीसीआर गर्दा १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार...

सामाजिक सञ्जाल नियमन निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रतामा असर पर्दैन : मन्त्री गुरूङ
सामाजिक सञ्जाल नियमन निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रतामा असर पर्दैन : मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आज  आयोजित दोलखाली पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा उनले यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने स्पष्ट...

युनियनमा आवद्ध ७० जना पत्रकारको दुर्घटना बिमा
युनियनमा आवद्ध ७० जना पत्रकारको दुर्घटना बिमा

नेपाल प्रेस युनियनमा आबद्ध ७० जना पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरिएको छ । एसियन लाइफ ईन्स्योरेन्स दिपायलको समन्वय प्रेस युनियन डोटीले जिल्लाका ७० जना पत्रकारको बिमा गरेको हो । प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमका अनुसार पत्रकारको एक लाख...

एलआईसी नेपालको नाफा ५० प्रतिशत बढ्यो
एलआईसी नेपालको नाफा ५० प्रतिशत बढ्यो

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.९२ प्रतिशत अर्थात् १ अर्ब ९० करोड ८४ लाख...

तुम्लिङटार विमानस्थलमा साना जहाजले मात्र उडान भर्दै
तुम्लिङटार विमानस्थलमा साना जहाजले मात्र उडान भर्दै

तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मतसम्भार सुरु भएको छ । यससँगै यो विमानस्थलमा काठमाडौंबाट भइरहेको ठूला जहाजको उडान बन्द भएको छ । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गर्दै आएको थियो । अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट नियमित उडान थालेको छ...

जुलाईसम्म अधिकांश अमेरिकीलाई कोरोनाविरुद्धको खोप दिने तयारी
जुलाईसम्म अधिकांश अमेरिकीलाई कोरोनाविरुद्धको खोप दिने तयारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिए । अमेरिकामा अब खोपहरु औषधि पसल...

दोस्रो त्रैमासिक विवरण : गत वर्षभन्दा एक अर्ब ६९ करोड माइनसमा नेपाल टेलिकम
दोस्रो त्रैमासिक विवरण : गत वर्षभन्दा एक अर्ब ६९ करोड माइनसमा नेपाल टेलिकम

नेपाल टेलिकमले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार सोही अवधीमा गत वर्षको भन्दा डेढ अर्ब रूपैयाँभन्दा बढी घाटा व्यहोरेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले तीन अर्ब...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

मकालु गाउँपालिका- ५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु- ३ हेदाङनाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सन्तोष बुढाथोकीले जानकारी दिए । खाँदबारी-किमाथांका सडक खण्डको फ्याक्सिन्दा बेँसीमा...

आगामी तीनदिनको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
आगामी तीनदिनको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्...