गृहपृष्ठ Banner News1
भ्रष्टाचारविरुद्ध अख्तियार
अख्तियारद्वारा एकै महिनामा १४ जनाविरुद्ध मुद्दा दायर, २६ लाख १६ हजार बिगो रकम दाबी
बबिता तामाङ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघमा मात्रै १४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचारको आरोपमा पक्राउ परेका १४ जनाविरुद्ध २६ लाख १६ हजार २ सय रुपैयाँबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सत्ता हातमा लिएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा जनताको समृद्धिका सपना चकनाचुर पारेका ओलीले सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा 'कामका खुद्रे फेहरिस्त' प्रस्तुत गर्नुअघि करिब ४५ मिनेट संसद विघटनको औचित्य पुष्टि गर्नमै खर्चिए...
अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्च अदालत पुगेर लिखित जवाफ बुझाएका हुन् । पूर्वप्रधानन्यायाधीश शर्माले आफ्नो छुट्टै...
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाईको क्रममा आइतबारदेखि निवेदक पक्षबाट जवाफी बहस सुरु भएको छ । निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नरहेको र विघटन संविधानविपरीत रहेको दाबी गरेका छन् । बहसकै क्रममा अधिवक्ता...
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न अपराधीहरुलाई पानी मूनि गए पनि छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा-ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा सहिद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन...
नेपाली बजारमा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन नहुँदा नेपाल आयल निगमलाई अर्बौं घाटा हुने गरेको छ । पछिल्लो एक महिनाको अवधिमा मात्रै निगमले करिब डेढ अर्ब रुपैयाँ नोक्सान व्योहोरेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले यसै माघ १९...
सरकारले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर 'औसत तह'मा रहने दाबी गरेको छ, यद्यपि त्यो औसत तह भनेको कति हो भन्ने खुलाएको छैन । विश्व बैंक र संयुक्त राष्ट्र संघले चालू आर्थिक वर्षमा पनि नेपालको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा तलै...
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड- १९)बाट हालसम्म २३ लाख २० हजार जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै कोरोनाका कारण विश्वमा ११ हजार जनाको मृत्यु भएको तथ्यांक छ । त्यस्तै बितेका २४ घण्टामा थप ४ लाख ७३...
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्ष बितिसकेको छ । निर्मलाको न्यायकै लागि लड्दा एक जनाले ज्यान नै गुमाए । तर, अझैसम्म दोषी पत्ता लागेको छैन । निर्मलाको घटनालाई बिर्सन नसकेका सुदूरपश्चिममा फेरि त्यस्तै प्रकृतिको घटना...











