गृहपृष्ठ विशेष
देशभित्र कोभिड-१९ महामारी तीव्र गतिमा बढ्दै गएको र यसका कारण मृत्यु हुनेहरूको संख्या बढ्न थालेपछि सरकारले यसका कारण मृत्यु भएका कर्मचारीहरूको विवरण खोज्न थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै देशैभरिका सबै मन्त्रालयलाई पत्राचार गरेर मृतक कर्मचारीको...
नेपाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा सर्वाधिक रेमिट्यान्स भित्र्याउने देशहरूको सूचीमा सातौं स्थानमा खस्किएको छ । विश्व बैंकले हालै अद्यावधिक गरेको विश्वव्यापी रेमिट्यान्स प्रवाहको तथ्यांकअनुसार जीडीपीका अनुपातमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने सूचीमा नेपाल सातौँ स्थानमा झरेको हो । सन् २०१५/१५ मा...
नेपालमा दुई वर्षअघि आर्थिक वर्ष २०७५/७६ मा मात्रै ३४ अर्ब ६१ करोड रुपैयाँको सुन आयात भयो । त्यसअघिका दुई वर्ष ३१ अर्ब ७४ करोड, २३ अर्ब २३ करोड र आव २०७२/७३ मा १६ अर्ब ७ करोडको सुन आयात भएको भन्सार...
कोभिड-१९ महामारीका कारण पटक-पटक स्थगित हुँदै आएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा मंसिर ११, १२ र १३ गते हुने भएको छ । महासंघको विधानअनुसार साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष गोल्छा स्वत: अध्यक्ष चुनिनेछन् । चुनावका लागि उम्मेदवारहरुले मंसिर ४ गतेसम्म...
नेपालले हरेक वर्ष करिब ५ लाख टन प्लास्टिक आयात गर्ने र यसका लागि करिब ३० अर्ब रूपैयाँ विदेशिने गरेको छ । देशभित्र आयात हुने प्लास्टिकको करिब ७ प्रतिशत अर्थात करिब २८ हजार टन एकपटक प्रयोग गरिने प्लास्टिकको झोलामा प्रयोग हुने...
कोरोनाका कारण स्वदेश भित्रिएका सुदूरपश्चिमेलीहरु निधारमा लगाएको रातो टीका नपुछिँदै भारत फर्किन थालेका छन् । कोरोना कहरका बीच नेपाल आएका नागरिकलाई यतै रोजगारी सिर्जना गर्ने बाचा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बिर्सिएपछि चाडपर्वकै बीचमा दैनिक हजारौँ नागरिक भारत जान बाध्य भएका...
विश्वव्यापी कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएको सात महिने लकडाउनका कारण नेपालको सुन बजारले ४० अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको छ । दैनिक ३० किलो सुन खपत हुने नेपाली बजारले चैत ११ गतेदेखिको लकडाउनका कारण ४० अर्ब रुपैयाँभन्दा...
गत चैतपछि अवलम्बन गरिएको लकडाउनपछि औसत ११ प्रतिशत नेपालीले रोजगारी गुमाएको एक अध्ययनले देखाएको छ । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले नेपाल सरकार, कृषि तथा पशु विकास मन्त्रालयको सहकार्यमा गरेको दोस्रो चरणको सर्वेक्षणले ११ प्रतिशतले रोजगारी गुमाएको र ३१.२ प्रतिशतको आम्दानी...
विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीपछि नेपालमा विगत ७ महिनाको अविधमा ६१ करोड ३७ लाख रूपैयाँ मूल्यबराबरको १ लाख किलोभन्दा अधिक फेसमास्क आयात भएको छ । गत चैतदेखि असार मसान्तसम्म ७३ हजार १९९ किलो फेसमास्क आयात भएकोमा साउनदेखि असोजसम्म २७ हजार...
यदि सामान्य अवस्था हुन्थ्यो भने यो बेला दसैँ विदामा आएका आप्रवासी कामदारहरू विदेश फर्कने भीडभाड सुरु भइसक्यो । नयाँ रोजगारीमा जानेहरू पनि म्यानपावर कम्पनीदेखि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागमा लामवद्ध हुन्थे । तर, अहिले वैदेशिक रोजगार कम्पनीदेखि विमानस्थलसम्म सुनसान...











