गृहपृष्ठ समाचार

वाणिज्य विभागका नायब सुब्बा घुस रकमसहित पक्राउ
वाणिज्य विभागका नायब सुब्बा घुस रकमसहित पक्राउ

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढी व्यवसायी रामबहादुर दाहाललाई ८ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नियन्त्रणमा लिएको छ । नायब सुब्बा चन्दले सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाणपत्र लिनको लागि लेखापढी...

संसद विघटन मुद्दामा आजदेखि एमिकस क्युरीले राय दिने
संसद विघटन मुद्दामा आजदेखि एमिकस क्युरीले राय दिने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस सोमबार सकिएसँगै मंगलबारदेखि एमिकस क्युरीको बहस सुरु हुँदैछ । सुरुमा पक्षको बहस दुई हप्ता भएपछि सरकार पक्षले प्रतिरक्षा बहस गरेको थियो । त्यसपछि रिट निवेदकको तर्फबाट वकिलहरुले प्रतिउत्तर बहस गरेका थिए । एमिकस क्युरीको बहसपछि...

डिजेल चोरी तस्करी गर्ने ट्यांकरसहित तीन जना प्रहरीको नियन्त्रणमा
डिजेल चोरी तस्करी गर्ने ट्यांकरसहित तीन जना प्रहरीको नियन्त्रणमा

डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्यांकरसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया सुरु गरेको जनाएको छ । ना ७ख १५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक...

मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ
मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ

वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट सोमबार...

डोल्पाका दलितलाई छाक टार्नै मुस्किल
डोल्पाका दलितलाई छाक टार्नै मुस्किल

हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुंगा...

बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते
बागलुङमा कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

बागलुङको काठेखोला गाउँपालिका २ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर...

स्वरोजगार कर्जा कोष : १२ वर्षमा ७८ हजारलाई रोजगारी
स्वरोजगार कर्जा कोष : १२ वर्षमा ७८ हजारलाई रोजगारी

स्वरोजगार कर्जा कार्यक्रम कोषले आर्थिक वर्ष ०६५/६६ देखि हालसम्म ७७ हजार ६२८ जनालाई अभिमुखीकरण तालिम दिइसकेको छ भने ७७ हजार ६२८ जना नै यस कार्यक्रममार्फत् स्वरोजगार बनेका छन् । त्यसैगरी कोषले हालसम्म ९ अर्ब ६३ करोड ५९ लाख लगानी गरेको...

नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा पक्राउ
नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा पक्राउ

नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियमअनुसार आवेदन फाराम...

पाकिस्तान र अष्ट्रेलियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
पाकिस्तान र अष्ट्रेलियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अष्ट्रेलियाका राजदूतहरुले आज आआफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा पाकिस्तानी राजदूत सैद हैदर शाह र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश...

संसद विघटन मुद्दामा निवेदकको जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्युरीको राय
संसद विघटन मुद्दामा निवेदकको जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्युरीको राय

प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका १३ रिटमाथिको सुनुवाइको क्रममा निवेदकका पक्षबाट जवाफी बहस सकिएको छ । सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, गाेविन्द बन्दी, कृष्णप्रसाद भण्डारी र टीकाराम भट्टराईसहितले निवेदकका तर्फबाट बहस गरेका थिए । यसअघि सरकारी पक्ष, सभामुख...