गृहपृष्ठ समाचार

आगामी तीनदिनको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
आगामी तीनदिनको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्...

भारतीय बालुवा तस्करको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जवान घाइते
भारतीय बालुवा तस्करको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जवान घाइते

पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका- १, पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ । झडमा दुई सशस्त्र  प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवानहरु आयुषराय यादव र नरेश यादव घाइते रहेका...

पूर्वप्रधानमन्त्री खनाल दिल्ली प्रस्थान
पूर्वप्रधानमन्त्री खनाल दिल्ली प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । उनी उपचारका लागि शुक्रबार बिहान दिल्ली गएका हुन् । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले नियमित स्वास्थ्य परीक्षणका लागि खनाल दिल्ली गएको...

सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण बन्द
सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण बन्द

लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ । बिहीबार जिप दुर्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताए...

कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा ल्होसार पर्वको शुभकामना
कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा ल्होसार पर्वको शुभकामना

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘ग्याल्पो र सोनामल्होसार पर्व, २०७७’को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ वर्ष आरम्भको रूपमा बौद्ध धर्मावलम्बीहरुले मनाउने ग्याल्पो र तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा...

हेलिकप्टरबाट सुत्केरीको उद्धार
हेलिकप्टरबाट सुत्केरीको उद्धार

ताप्लेजुङमा बच्चा जन्मिने क्रममा रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकप्टर लगेर उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकप्टरमार्फत ताप्लेजुङ सिरिजंघा गाउँपालिका ५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूलाई हेलिकप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको...

आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक...

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना
राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको बताइन् । सन्देशमा भनिएको छ, 'यस्ता पर्वले...

भागरथी बलात्कार र हत्याको एक साता बित्यो, उपलब्धि शून्य
भागरथी बलात्कार र हत्याको एक साता बित्यो, उपलब्धि शून्य

बैतडीको दोगडाकेदार ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको एक साता बितेको छ । अहिलेसम्म घटनाको दोषी पत्ता लाग्न सकेको छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले सूक्ष्म...

‘पशुपतिमा सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत’
‘पशुपतिमा सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत’

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिंगमुनि सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको बताएका छन् । नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उनले यसअघि प्राचीन...