गृहपृष्ठ ताजा खबर

स्पेनमा एनआरएनएको क्षेत्रीय समिति गठन
स्पेनमा एनआरएनएको क्षेत्रीय समिति गठन

स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ । एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा...

पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा निगमलाई दैनिक ६ करोड घाटा
पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा निगमलाई दैनिक ६ करोड घाटा

नेपाली बजारमा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन नहुँदा नेपाल आयल निगमलाई अर्बौं घाटा हुने गरेको छ । पछिल्लो एक महिनाको अवधिमा मात्रै निगमले करिब डेढ अर्ब रुपैयाँ नोक्सान व्योहोरेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले यसै माघ १९...

प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन (१२ तस्बिर)
प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन (१२ तस्बिर)

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरूद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो समूहले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोध सभाको गरेको हो । सभालाई सो समूका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र...

केपी जीको चरित्र जनताले बुझिसके, अब बालुवाटार र सिंहदरबार घेर्नेछन् : प्रचण्ड
केपी जीको चरित्र जनताले बुझिसके, अब बालुवाटार र सिंहदरबार घेर्नेछन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आवश्यक परेमा जनताले अब बालुवाटार र सिंहदरबारसमेत घेर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित  विरोधसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी चरित्र जनताले बुझिसकेको बताए । संवैधानिक निकायका प्रमुखहरुलाई अहिलेको...

बुधबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज
बुधबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ जना डिस्चार्ज

बुधबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका ५५ जना, ललितपुरका ४ जना र भक्तपुरका ६ जना हुन् । यससँगै देशभर कोरोना संक्रमण हुनेको संख्या २ लाख ७२ हजार ३४९ जना पुगेको छ । आज थप...

मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै
मदन भण्डारी स्मृति खेलकूद मैदान बन्दै

मकवानपुरको मनहरि गाउँपालिका–७ को रमौलीमा २० बिघा जमीनमा मदन भण्डारी स्मृति खेलकूद मैदानका साथै आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ । पहिलो चरणमा खेलकूद मैदानको परिसर निर्माण सुरु भइरहेको छ । पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो खेलकूद मैदानका रुपमा यसलाई विकास...

हामी विधि र पद्धतिका पक्षमा छौं : माधव नेपाल
हामी विधि र पद्धतिका पक्षमा छौं : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले आफू र प्रचण्डबीच फाटाे ल्याउन प्रधानमन्त्री केपी ओलीले प्रयास गरिरहेको बताएका छन् । तर, ओलीको त्यस्तो प्रयास सफल नहुने उनले दाबी गरे । प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहकाे बुधबार प्रदर्शनी मार्गमा आयाेजना...

मतदाता नामावली अद्यावधिक सुरु
मतदाता नामावली अद्यावधिक सुरु

जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिलाई तीव्र बनाएको छ । स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले संकलन  गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक सुरु गरिएको हो । वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले संकलन...

ओली सरकार अवैधानिक छ : नारायणकाजी श्रेष्ठ
ओली सरकार अवैधानिक छ : नारायणकाजी श्रेष्ठ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको सरकार अवैधानिक भइसकेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्नेमा त्यसो नगरेपछि उनको वैधानिकता समाप्त भएको श्रेष्ठको तर्क थियो । बुधबार प्रदर्शनीमार्गमा भएको विरोध सभालाई सम्बोधन...

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन उद्योग वाणिज्य महासंघ अग्रसर
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन उद्योग वाणिज्य महासंघ अग्रसर

नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन अग्रसरता लिएको छ । महासंघमा पहिलोपटक स्थापना गरिएको वैदेशिक रोजगार फोरम विस्तार कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मूल्यांकन गरेर वैदेशिक रोजगार फोरम गठन गरिएको बताए । ‘वार्षिक करिब ९...