गृहपृष्ठ विश्व
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा मंगलबारदेखि सुनुवाई सुरु हुँदैछ । अमेरिकाका राष्ट्रपतिमाथि एकै कार्यकालमा दुई पटक महाभियोग दर्ता भएको यो पहिलो घटना हो । पूर्व राष्ट्रपति ट्रम्पका तर्फबाट सिनेटमा जवाफ दिन नियुक्त...
भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म २७ जनाको शव फेला परेको छ । अझै १७१ जना बेपत्ता छन् र उनीहरुको खोजी तथा उद्धारकार्य भइरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ । बेपत्ताहरुको खोजीका लागि उद्धारकर्मीहरु सोमबार रातभर पनि...
शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन प्रदर्शनकारीलाई आह्वान गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाले जनाएको छ । सेनाको तर्फबाट सोमबार जारी गरिएको वक्तव्यमा देशभर भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख...
भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तीव्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युत गृहमा व्यापक क्षति पुगेको छ ।...
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तरवार्ता दिने क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने बाइडेनको अडान छ...
चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड-१९ को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ । चीनले हालै मात्र सो कुराको घोषणा गरेको थियो । यससम्बन्धी थप...
भारतको उत्तराखण्ड प्रदेशस्थित तपोवन क्षेत्रमा आइतबार हिमताल फुटेर आएको भीषण बाढीमा बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ । दुई सय जना अझै बेपत्ता छन् । केहीलाई भने जीवितै उद्धार गरिएको छ । धौलिगंगाको ऋषिगंगा पावर प्रोजेक्टको सुरुङमा अझै...
दक्षिण अफ्रिकाले कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रोकेको छ । एउटा अध्ययनले कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा ‘निरासाजनक’ देखाएपछि त्यसको प्रयोगलाई दक्षिण अफ्रिकाको सरकारले रोकेको हो । वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ संक्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट...
भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी आएको छ । बाढीले नदी आसपासका कैयौं घर बगाएको छ । १५० मजदुर बेपत्ता भएका छन् । नदीमा बाढी आएपछि आसपासका गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा लैजान...
गत महिनाको अन्तमा दुई दिने परीक्षणस्वरुप कोरोनाको खोप सुरु गरेकोमा आइतबारबाट यो खोप सर्वसाधारणलाई दिन थालेको छ । कोरोना भाइरसविरुद्धको खोप बंगलादेशमा आइतबारदेखि देशव्यापी रुपमा अभियानस्वरुप सुरु भएको बताइएको छ । बंगलादेशी स्वास्थ्य मन्त्री जाहिद मालेकले आइतबार बिहान राजधानी ढाकाबाट...











